लहानमा ‘सुमि ब्युटी हाउस’को भव्य उद्घाटन: अत्याधुनिक सेवा र ५ दिने विशेष अफर सार्वजनिक
लहान , ११ माघ ः सिरहाको व्ब्यापारिक हब लहानमा महिला दिदीबहिनीहरूको सौन्दर्य र साज सज्जाका लागि परिचित ‘सुमि ब्युटी हाउस’ आजदेखि अत्याधुनिक सेवा र थप सुविधाहरूका साथ नयाँ स्वरूपमा सञ्चालनमा आएको छ ।
एक भव्य समारोहका बीच हाउसको समुद्घाटन गरिएको हो । उद्घाटनको अवसरमा सञ्चालिका निता महथाले लहानमा धेरै संख्यामा ब्युटी पार्लरहरू भए तापनि सुमि ब्युटी हाउसले दिने सेवा र गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो। “हामीले अब अत्याधुनिक प्रविधि र पद्धतिबाट सेवा प्रवाह गर्नेछौँ । लहानका महिला दिदीबहिनीहरूलाई उत्कृष्ट अनुभव दिलाउनु नै हाम्रो मुख्य प्रतिबद्धता रहेको,“ उहाँले बताउनु भयो ।
थोक तथा खुद्रा बिक्रीको सुविधा सुमि ब्युटी हाउसले सेवा मात्र नभई व्यापारिक क्षेत्रमा पनि आफ्नो दायरा बढाएको छ । अब यहाँ ब्युटी पार्लरसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध हुने सञ्चालिका महथाले जानकारी दिनुभयो । यसले गर्दा स्थानीय स्तरका अन्य साना पार्लर व्यवसायी र ग्राहकहरूलाई गुणस्तरीय सामानका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
साथै व्युटी हाउसको उद्घाटनको खुसियालीमा हाउसले ग्राहकहरूका लागि आकर्षक ’गिफ्ट योजना’ सार्वजनिक गरेको छ । उद्घाटन भएको मितिदेखि ५ दिनसम्म लागु हुने गरी कसैले रु ५,००० (पाँच हजार) बराबरको सामान खरिद गरेमा १ थान मेकअप किट सित्तैमा पाउनेछन् ।
अत्याधुनिक फेसियल, हेयर डिजाइनिङ, ब्राइडल मेकअप र छालाको विशेष उपचारका लागि दक्ष जनशक्ति रहेको यस हाउसले लहानको सौन्दर्य व्यवसायमा नयाँ मानक स्थापना गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय सामान, आधुनिक प्रविधि र सहुलियत मूल्यको त्रिवेणीका रूपमा सुमि ब्युटी हाउसले आफूलाई उभ्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
