राष्ट्रिय स्वतन्त्र पार्टीमा राजलाल यादवको प्रवेश, सिरहा–१ बाट नयाँ राजनीतिक अध्यायको घोषणा
रहमुल, लहान ३ फागुन राजलाल यादवले सिरहा क्षेत्र नम्बर–१ बाट आफ्नो सम्पूर्ण समर्थकसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। जसपाका पूर्वमन्त्री, पूर्व सांसद, केन्द्रीय सदस्य, पूर्व जिल्ला विकास समितिका सभापति तथा संविधानसभा सदस्यसमेत रहिसक्नुभएका यादवको यो निर्णयलाई सिरहाको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। लहानमा आयोजित एक कार्यक्रममार्फत औपचारिक रूपमा पार्टी प्रवेश गर्दै नेता यादवले यो कदम केवल व्यक्ति परिवर्तन नभई विचार र संकल्पको स्पष्ट घोषणा भएको बताउनुभयो। “सिरहा क्षेत्र नम्बर–१ बाट उठेको यो कदमले अब नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको छ,” उहाँले भन्नुभयो। यादवले सुशासन, पारदर्शिता र जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यसहित आफूले नयाँ यात्रा सुरु गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार परिवर्तनको अभियान अब अझ सशक्त बन्नेछ र युवाहरूको चाहना तथा अपेक्षाअनुसार बाँकी राजनीतिक जीवन समर्पित गरिनेछ। स्थानीय राजनीतिक वृत्तमा यादवको प्रवेशले शक्ति सन्तुलनमा प्रभा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
