मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा

कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

शेयर गर्नुहोस् 0 Shares

 

काठमाडौंँ, २६ असारः कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

 

एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने । 

 

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।

 

आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो । 

 

फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्