अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना,राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

शेयर गर्नुहोस् 0 Shares

काठमाडौं, १ माघः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको  शुभकामना व्यक्त गर्नु भएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्र्दै उहाँले  भन्नुभएको छ, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस पर्वमा खनिजजन्य खानेकुरा खाइन्छ, सबैलाई माघे सङ्क्रान्तिको शुभकामना ।”

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवं त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ ।

मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताउनुभएको छ । पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गर्नुभएको छ ।

(रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्