मधेस प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ५ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिमण्डलको पुनर्गठन भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णजयूले मुख्यमन्त्री कृष्ण प्रसाद यादवज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८३/०२/१२ गते नयाँ मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
यस्तो छ नयाँ मन्त्रिपरिषद्को संरचना —
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्ने छन् । महम्मद समिरलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, युवराज भट्टराईलाई अर्थ मन्त्रालय, लखन दास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय, शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय र शारदा देवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जवाहर लाल कुशवाहालाई उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय, मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नागेन्द्र साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नयाँ मन्त्रिपरिषद्को गठनसँगै मधेस प्रदेश सरकारले थप गतिशीलताका साथ काम अघि बढाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
