गर्भवती तथा सुत्केरी महिलालाई लहान नगरको पोषण प्याकेज, मेयर चौधरी भन्छन्– “स्वस्थ आमा र बच्चा निर्माण हाम्रो प्राथमिकता”

शेयर गर्नुहोस् 0 Shares

रहमुल, लहान, २९ वैशाख । सिरहाको लहान नगरपालिका–२२ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषण प्याकेज वितरण कार्यक्रम सम्पन्न गरिएको छ। लहान नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश चौधरी ले स्थानीय महिलाहरुलाई पोषण सामग्री हस्तान्तरण गरेका हुन्।

वितरण गरिएको प्याकेजमा चामल, दाल, नुन, तेल, चना तथा मटर लगायत दैनिक पोषणका लागि आवश्यक खाद्य सामग्री समावेश गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख चौधरीले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “स्वस्थ आमा र स्वस्थ बच्चा निर्माण गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी हो।

पोषणको अभावले बालबालिकामा कुपोषण बढ्ने भएकाले नगरपालिकाले निरन्तर रूपमा यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ।”

उनले पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न पनि कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्दै महिलाहरुमा स्वास्थ्यप्रति जागरण बढेको बताए। “पहिले पोषणबारे धेरैलाई जानकारी थिएन। अहिले महिलाहरु नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपान र सरसफाइप्रति सचेत बन्न थालेका छन्,” उनले भने।

स्थानीय महिलाहरुले नगरपालिकाको पहलले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुगेको बताएका छन्। कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधार हुनुका साथै बालबालिकालाई कुपोषण बाट जोगाउन सहयोग पुगेको जनाइएको छ। नगरपालिकाका अनुसार यो पोषण प्याकेज वितरण कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

ट्यागहरू: Main Heading One Two ताजा अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्