सगरमाथा चौधरी आँखा अस्पतालमा एक वर्षे विशेष तालिमका लागि आवेदन खुला

शेयर गर्नुहोस् 0 Shares

लहान चैत १८  : लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले आँखा स्वास्थ्यसम्बन्धी एक वर्षे विशेष तालिम कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ।

नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित उक्त अस्पतालले अ.हे.व., अ.न.मी. तथा ल्याब असिस्टेन्ट उत्तीर्ण गरी प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी ६ महिने तालिम लिएका स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै आवेदन खुलाएको हो।

अस्पतालका अनुसार तालिम अवधि १ वर्षको हुनेछ, जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षण अवधिभर प्रशिक्षार्थीहरूलाई अस्पतालमै On-the-Job Training समेत दिइनेछ।

आवेदकको उमेर १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन फाराम अस्पताल प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।

दरखास्त दर्ता सोमबारदेखि शनिबारसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गर्न सकिने अस्पतालले जनाएको छ। आवेदन दिने अन्तिम मिति २०८२ चैत २४ गते तोकिएको छ।

चयन प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत हुने बताइएको छ।

थप जानकारीका लागि सगरमाथा चौधरी आँखा अस्पताल, लहान–३, सिराहा सम्पर्क गर्न सकिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्