सिरहा चैत्र ९ : जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहान ले लहान क्षेत्रमा भइरहेको सडक निर्माण कार्यमा देखिएको ढिलाइ तथा त्यससँग सम्बन्धित विषयमा छलफल गर्न व्यापारीहरूलाई आह्वान गरेको छ।
संघद्वारा जारी सूचनाअनुसार, लहान क्षेत्रमा सञ्चालनमा रहेको सडक निर्माण कार्यमा भइरहेको ढिलाइका कारण उत्पन्न समस्या तथा अन्य सरोकारका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो। उक्त छलफलमा निर्माण कम्पनीका प्रतिनिधिहरूलाई समेत सहभागी गराइने जनाइएको छ।
छलफल कार्यक्रम आगामी चैत ११ गते बुधबार दिउँसो २:०० बजे संघको सचिवालयमा सञ्चालन हुने तय गरिएको छ। कार्यक्रममा लहान क्षेत्रका सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई अनिवार्य रूपमा उपस्थित भई आफ्ना धारणा राख्न आग्रह गरिएको छ।
संघका महासचिव रवीन्द्र कुमार श्रेष्ठले सडक निर्माणमा भइरहेको ढिलाइका कारण व्यवसायमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै समस्याको समाधानका लागि सामूहिक छलफल आवश्यक रहेको बताएका छन्।
संघले निर्धारित मिति, समय र स्थानमा उपस्थित भई सहयोग गर्न सम्पूर्ण व्यापारी वर्गलाई आग्रह गरेको छ।
लहानमा सडक निर्माण ढिलाइबारे छलफल गर्न व्यापारीहरूलाई आह्वान