काठमाडौं — जल तथा मौसम विज्ञान विभाग का अनुसार आज (चैत ७ गते, शनिबार) देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान, मधेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
विभागले मौसममा आउने परिवर्तनका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
मौसम पूर्वानुमान: देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा