लहान ,चैत्र ६ — लहान नगरपालिका क्षेत्रमा सञ्चालन भइरहेको विकास निर्माण कार्यलाई लिएर विवाद देखिएको छ। खुटीसोला सिँचाइ योजना जल उपभोक्ता समितिले नगरपालिकालाई ध्यानाकर्षण गराउँदै समन्वयविना गरिएका कामप्रति आपत्ति जनाएको छ।
समितिले हालै जारी गरेको पत्रमा लहान नगरपालिकाको नहरको डिलमा निर्माण भइरहेको निर्माण कार्यबारे सामाजिक सञ्जाल र मिडियामार्फत जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। समितिका अनुसार सम्बन्धित निकायसँग समन्वय नगरी अघि बढाइएका विकास कार्यले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको हो।
पत्रमा सिँचाइसँग सम्बन्धित संरचना तथा जलस्रोतमा असर पर्ने गरी निर्माण कार्य अघि बढाइएमा त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी स्वयं नगरपालिका हुनुपर्ने चेतावनी पनि दिइएको छ। समितिले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहा लगायत सरोकारवाला निकायसँग समन्वय गरेर मात्र काम अघि बढाउन आग्रह गरेको छ।
यस विषयमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहा र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई समेत बोधार्थ पठाइएको छ। समितिका अध्यक्ष धर्मराज चौधरीले हस्ताक्षर गरेको उक्त पत्रमा स्थानीय स्रोत र संरचनाको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
उता, लहान नगरपालिकाले भने उक्त पत्र दर्ता भइसकेको जनाएको छ। अब यस विषयमा थप समन्वय र छलफलमार्फत समाधान खोजिने अपेक्षा गरिएको छ।
लहान नगरपालिका क्षेत्रमा सञ्चालन भइरहेको विकास निर्माण कार्यलाई लिएर विवाद