स्वास्थ्य असहजताका कारण वरिष्ठ नेता साह अभिमुखिकरण कार्यक्रममा सहभागी हुनेकुरा निश्चित भएनः गणेश पराजुली
चैत्र ४, २०८२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् ।
पार्टीका नेता एवं नवननिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साह कार्यक्रममा उपस्थिति हुने टुंगो नलागेको प्रतिक्रिया दिनुभएको हो । बुधवार सो कार्यक्रममा सहभागी हुनु भएका उहाँले सभापति रवि लामिछाने भने केहीबेरपछि अभिमुखिकरण कार्यक्रममा सहभागी हुने बताउनु भयो । सभापति लामिछानको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको सांसद पराजुलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘यतिखेर सभापतिजी पनि अस्वस्थ हुनुहुन्छ । र उहाँको स्वास्थ्य सुधार भईराखेको छ भने वरिष्ठ नेताज्यूमा पनि स्वास्थ्य समस्या आईरहेको हुँदै गर्दा उहाँहरु हिजो देखिनै यहाँ आउन सक्नु भएको छैन । यद्यपि आज अलि सन्चो भएको खण्डमा आइपुग्ने भन्ने कुरा छ । सभापतिजीको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । वरिष्ठ नेताज्युको स्वास्थ्य अस्वस्थ असजहता भईरहेको जानकारी छ । यद्यपि उहाँहरुले यो कार्यक्रममा सहभागी हुनुपर्ने होइन र भन्ने प्रश्न जायज छ । भइरहेको भन्ने जानकारी छ ।’
सांसद पराजुलीले आफूहरुले मुलुकमा सुशासन स्थापित गराउन केन्द्रित भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
