सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित

शेयर गर्नुहोस् 0 Shares

सप्तरी फाल्गुण २४ : प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार चौधरीले कुल ३२ हजार ८७५ मत प्राप्त गर्दै उल्लेख्य मतान्तरसहित विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन्।

मधेश प्रदेशको महत्वपूर्ण निर्वाचन क्षेत्र मानिने सप्तरी–३ मा रास्वपाका चौधरीले उल्लेख्य मतान्तरसहित विजय हासिल गर्दै पहिलो पटक संसदमा प्रवेश गरेका छन्।

यस निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव पराजित भएपछि सप्तरी–३ को राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्