सिरहा क्षेत्र नं. १ मा कांग्रेसलाई धक्का: प्रमोद साहको नेतृत्वमा दर्जनौँ नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
सखुवानन्कारकटी, सिरहा आगामी निर्वाचनको सरगर्मी बढिरहेका बेला सिरहा क्षेत्र नं. १ मा राजनीतिक समीकरणमा फेरबदल आएको छ। जसपा नेपालका उम्मेदवार सत्यनारायण यादवको चुनावी अभियानलाई बल पुर्याउँदै आज सखुवानन्कारकटी गाउँपालिका वडा नं. १, कटैयामा नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरू सामूहिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
प्रमोद कुमार साहको नेतृत्वमा आएको उक्त टोलीलाई जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा समाहित हुने मुख्य व्यक्तित्वहरू यसप्रकार छन्:
- प्रमोद कुमार साह
- अर्जुन साह
- बिरेन साह
- सुरेन्द्र साह
- रामानन्द साह
- श्याम साह
- रामचन्द्र साह
जसपा नेपाल सखुवानन्कारकटी गाउँपालिका एकाइ कमिटीका अध्यक्ष नागेन्द्र यादवका अनुसार, उम्मेदवार सत्यनारायण यादवको विकासप्रेमी छवि र पार्टीको एजेन्डाबाट प्रभावित भएर उनीहरूले पार्टी प्रवेश गरेका हुन्। अध्यक्ष यादवले भन्नुभयो, "यो प्रवेशले क्षेत्र नं. १ मा जसपा नेपालको पकड अझ बलियो बनाएको छ र सत्यनारायण यादवको जित सुनिश्चित गर्ने आधार तय गरेको छ।"
नवप्रवेशीहरूले आफ्नो क्षेत्रको विकास र अधिकारका लागि जसपा नेपाल नै उपयुक्त विकल्प भएको भन्दै अबको निर्वाचनमा सत्यनारायण यादवलाई मतदान गरी विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
