बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

शेयर गर्नुहोस् 0 Shares

लहान , माघ २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज (मंगलबार) देखि मधेश प्रदेशको विशेष भ्रमणमा निस्किएका छन् ।

मधेशका जिल्लाहरूमा पार्टीको उपस्थिति बलियो बनाउने र स्थानीय मुद्दाहरूलाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले यो यात्रा सुरु गरिएको हो ।
आज बिहान सप्तरीबाट सुरु भएको यो यात्रा सिराहा र धनुषा हुँदै साँझ महोत्तरी पुगेर टुंगिने कार्यक्रम छ ।
यात्राका क्रम सप्तरीबाट सुरु भएको हो । सप्तरीको राजबिराज हुदै सिरहा , धनुषा ,महोत्तरी सम्म रहने कार्यक्रम रहेको छ ।

यस भ्रमणको मुख्य केन्द्रविन्दु ’मधेशको समस्या र समाधान’ रहेको छ । नेता शाहले विशेषगरी मधेशबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको ठुलो संख्यालाई मध्यनजर गर्दै स्थानीयस्तरमै अवसर सिर्जना गर्ने विषय ,सरकारी विद्यालय र अस्पतालहरूको अवस्था सुधारका लागि रास्वपाको योजना, स्थानीय निकायमा हुने अनियमितता रोक्न र सुशासन कायम गर्न जनदबाब सिर्जना गर्ने , आगामी निर्वाचनलाई लक्षित गरी मधेशका प्रत्येक गाउँ र टोलमा पार्टीको संरचना निर्माण गर्ने रहेका छन् ।

राजनीतिक विश्लेषकहरूले बालेन शाहको यो यात्रालाई अर्थपूर्ण रूपमा हेरेका छन् । परम्परागत दलहरूको गढ मानिने मधेशमा रास्वपाले आफ्नो प्रभाव बढाउन खोज्नुलाई आगामी चुनावको पूर्वतयारीको रूपमा लिइएको छ ।

बालेनलाई हेर्न र सुन्न लहान, जनकपुर र जलेश्वरका सडकहरूमा स्थानीयको उल्लेख्य उपस्थिति देखिएको छ, जसले मधेशमा वैकल्पिक राजनीतिको खोजी भइरहेको संकेत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्