विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा

शेयर गर्नुहोस् 0 Shares

काठमाडौँ, १० असारः संयुक्त राष्ट्रसङ्घको विश्वखाद्य कार्यक्रम, लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र वल्र्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
       
    बालबालिकाको पोषण सुधार्न, सिकाइ परिणामलाई टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमुना कार्यक्रमका रूपमा यो घोषणा गरिएको हो । एक मिलियन अमेरिकी डलरको सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले करिब ७० हजार बालबालिकालाई लाभ दिने अपेक्षा गरिएको छ । 

    साथै यसले विद्यालय, साना किसान र सरकारी प्रणालीबीच अन्तरसम्बन्ध विकास गर्ने विश्वखाद्य कार्यक्रमले जनाएको छ ।  
       
    घोषणा कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालयमै उत्पादित दिवा खानाले विद्यार्थीको उपस्थिति र सिकाइ परिणामहरू सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस साझेदारीको निरन्तर कार्यान्वयनले दिगोपनलाई बलियो बनाउने र दिवा खाना कार्यक्रमलाई राष्ट्रिय विकास प्राथमिकतामा योगदान दिइ थप दिगो र स्थानीय रूपमा सञ्चालित प्रणालीमा विकसित हुन मद्दत मिल्ने उहाँको भनाइ थियो ।
       
    विश्वखाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधीले यो साझेदारीले सामुदायिक विद्यालयका लागि ताजा, पौष्टिक र स्थानीय खाना उत्पादन गर्न तत्काल प्रभाव पार्ने बताउनुभयो ।
       

ट्यागहरू: विद्यालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्