रास्वपा बैतडीको सभापतिमा नाथ

शेयर गर्नुहोस् 0 Shares

दशरथचन्द (बैतडी), २४ जेठ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन हुनुभएको छ । 

प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उहाँ सभापतिमा दोहोरिनुभएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिनुभयो । 

यस्तै, उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन हुनुभएको छ । सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्