बालअधिकार र बाल संरक्षणका लागि सिरहामा जुर्मुराए बालबालिका, १७ सदस्यीय जिल्ला सञ्जाल चयन
सन्जु कुमारी दास/ सिरहा, २०८३ जेठ २० गते। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा आज जिल्ला स्तरीय बालभेला कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति सिरहाका प्रमुख श्री दिनेश कुमार महतोको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा, दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुन्के, दलित विकास मञ्चकी जिल्ला संयोजक सरिता महरा, इन्सेक प्रतिनिधि दुर्गा परियार र सवल नेपालका प्रतिनिधि निर बहादुर मगर आले लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका लागि जिल्ला समन्वय समिति सिरहाले जिल्लाका १७ वटै पालिकामा पत्राचार गरी प्रत्येक पालिकाबाट दुई–दुई जना बालबालिकाको सहभागिताका लागि जानकारी गराएको थियो। सोही आधारमा विभिन्न पालिकाबाट बालबालिकाहरूको सहभागिता रहेको कार्यक्रममा जम्मा ७० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम बालिका पूजा कुमारी साहले सञ्चालन गरेकी थिइन् भने कार्यक्रमको समापन जिल्ला समन्वय समितिका उपप्रमुख श्री दिलिप लामाले गर्नुभएको थियो।
कार्यक्रममा बाल अधिकार, बाल सहभागिता, बाल संरक्षण तथा स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले बालबालिकाको आवाजलाई स्थानीय योजना, नीति तथा कार्यक्रमहरूमा समेट्नुपर्ने आवश्यकता औंल्याएका थिए।
भेलाबाट समावेशिताको आधारमा १७ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ। नवगठित बाल सञ्जालको अध्यक्षमा अमित सदा चयन भएका छन्।
जिल्ला स्तरीय बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरू
क्र.सं. नाम पद
१ अमित सदा अध्यक्ष
२ रितिका कुमारी दास उपाध्यक्ष
३ पूजा कुमारी साह सचिव
४ सफल श्रेष्ठ सह–सचिव
५ रोशनी गोले सदस्य
६ विष्णु साह सदस्य
७ आर. एन. महतो सदस्य
८ पूजा कुमारी महतो सदस्य
९ शुभाष कुमार यादव सदस्य
१० आरती कुमारी दास सदस्य
११ अभिनाष मल्लीक सदस्य
१२ आरती यादव सदस्य
१३ सरस्वती कुमारी यादव सदस्य
१४ कृष्णा परियार सदस्य
१५ राधा कुमारी साह सदस्य
१६ प्रयास सदाय सदस्य
१७ प्रेम कुमार पासमान सदस्य
बालबालिकाको नेतृत्व विकास, बाल अधिकार संरक्षण र जिल्ला स्तरमा बालबालिकाको साझा आवाज स्थापित गर्ने उद्देश्यले गठन गरिएको बाल सञ्जालले आगामी दिनमा स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी बालमैत्री वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नवगठित जिल्ला स्तरीय बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरूले समाजमा विद्यमान कुरीति र हानिकारक परम्परागत अभ्यासहरू परिवर्तन गर्न बालविवाह, दाइजो प्रथा, लागूऔषध दुरुपयोग तथा बहुविवाहविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। साथै, बाल अधिकारको सुनिश्चितता, बाल संरक्षण र बालमैत्री समाज निर्माणका लागि सक्रिय रूपमा सहभागी भई सरोकारवाला निकायहरूसँग समन्वय गर्दै निरन्तर योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
जम्मा प्रतिक्रिया: 3
