लहान १७ मा रबिन्द्र सतराको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको ११ सदस्यीय नयाँ वडा कमिटी गठन
उदय पोष्ट संवाददाता लहान, ३ जेठः सिराहाको लहान नगरपालिका वडा नं. १७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक विस्तारलाई तीव्र पार्दै नयाँ वडा कार्यसमिति गठन गरिएको छ। स्थानीय स्तरमा पार्टीको संगठन मजबुत बनाउने उद्देश्यका साथ सर्वसम्मत रूपमा रबिन्द्र सतरा को सभापतित्वमा ११ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको हो।
गठित नयाँ कमिटीको उपसभापतिमा दिपक कामती र सचिवमा राकेश चौधरी चयन हुनुभएको छ।
नवगठित वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
-
सभापति: रबिन्द्र सतरा
-
उपसभापति: दिपक कामती
-
सचिव: राकेश चौधरी
-
सदस्य: बुधन कुमार कामती
-
सदस्य: राम सुदिन पासमान
-
सदस्य: अरुण कुमार सिंह
-
सदस्य: उमेश तेलकोटी
-
सदस्य: कारी सुवेदी
-
सदस्य: मनिषा कुमारी चौधरी
-
सदस्य: किरण चौधरी
भेलाले वडा स्तरमा पार्टीको नीति, विचार र एजेन्डालाई जनस्तरसम्म पुर्याउने र स्थानीय समस्याहरूको समाधानका लागि वडा कमिटी सक्रिय रहने निर्णय समेत गरेको छ। नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
