शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

शेयर गर्नुहोस् 0 Shares

राजविराज (सप्तरी), १४ वैशाखः यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो ।

बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।

ट्यागहरू: Main Heading Two अन्य मधेश

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्