राप्रपा संसदीय दलका नेता शाही भन्छन्, ‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।
बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताउनुभएको हो । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उहाँको भनाई छ । रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सबैसंग कुरा गरेर नै उम्मेद्वार दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेज्युले नै फोन गरेरपछि हामीले उम्मेद्वारी दर्ता गरेको हो, अब हामीले दर्ता गराएका छौँ, अब अरु उहाँहरुले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरुन । उहाँहरुले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरुन्, त्यसमा मेरो केही आपत्ति छैन । मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो । रास्वपा सभापति रवि लामिछानेज्युले फोन गरेपनि नै हामीले उम्मेद्वारी दिएको हो । सबै प्रतिपक्षी एक भएपछि गरेको हो, अब राजनितिमा त्यो तलमाथी भईहाल्छ, त्यो भयो भने भोली हामी पनि देखाउँला के भयो र ।’
उहाँले खसआर्य पुरुष समुदायको सभामुख भएपछि जनजाती महिलालाई उपसभामुखको उम्मेद्वार बनाएको बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
