पक्कीटोलमा नि:शुल्क आँखा जाँच शिविर सुरु, सेवाग्राहीलाई लाभ लिन आग्रह
लहान– २५ चैतः लहान–१३ स्थित पक्कीटोलमा नि:शुल्क आँखा जाँच शिविर सुरु गरिएको छ। लहान नगरपालिकाको आर्थिक सहयोग, सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालनमा ल्याइएको हो।
शिविरको उद्घाटन गर्दै नगरप्रमुख महेश चौधरी र वडा अध्यक्ष मनोज कोईरालाले स्थानीयवासीलाई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्। उनीहरूले विशेषगरी आँखा सम्बन्धी समस्या भएका नागरिकलाई अनिवार्य रूपमा जाँच गराउन सुझाव दिएका छन्।
शिविरमा आएका बिरामीहरूको विशेषज्ञद्वारा आँखा परीक्षण गरिनेछ। जाँचका क्रममा मोतिबिन्दु (क्याटर्याक्ट) पहिचान भएका बिरामीलाई नि:शुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
यस कार्यक्रमबाट आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
