रास्वपा उपसभापति अर्यालले सभामुखका लागि उम्मेदवारी दिए

शेयर गर्नुहोस् 0 Shares

काठमाडौँ, २० चैत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिनुभएको छ ।

शुक्रवार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयनपत्र बुझाउनुभएको हो । सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरु सहभागी हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिव दुई तिहाई मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ ।

यसअघि उहाँले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भुमिका पनि निर्वाह गर्नुभएको थियो ।

ट्यागहरू: Main Heading One

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्