मलेसिया पठाइदिने भन्दै सप्तरी जिल्लाका, युवाहरूबाट लाखौँ रुपैयाँ उठाएर ठगी

शेयर गर्नुहोस् 0 Shares

सिरहा :  वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित चकदहका युवाहरूबाट लाखौँ रुपैयाँ उठाएर ठगी गरेको घटना सार्वजनिक भएको छ ।

आरोप अनुसार सप्तरीको कठौना निवासी रामानन्द साहले स्थानीय युवाहरूलाई मलेसिया पठाइदिने प्रलोभन देखाएर जनही ५०÷५० हजार रुपैयाँका दरले रकम उठाएका थिए । रामानन्द साह स्थानीय स्तरमा शिक्षकको रूपमा कार्यरत रहेको बताइएको छ ।

चकदहका २४ वर्षीय सुनिल यादव, कपिल यादव, बर्ष ३० को राकेश कुमार साह, २७ बर्षको छोटु कामैत, ४५ बर्षको मुकेश यादव तथा सिरहा जिल्लाको डुमरी निवासी बर्ष ४५ को राम सोगारथ यादवबाट उनले रकम लिएको पीडितहरूले बताएका छन् । पीडितहरूका अनुसार करिब तीन वर्षदेखि आफूहरू ठगीमा परेको भन्दै न्यायको माग गरेका छन् ।

पीडितहरूले दिएको जानकारी अनुसार उक्त रकम महालक्ष्मी विकास बैंक, लहान शाखामा रहेको खाता नम्बर ०७२००६००५३७७८३००००१, निर्मल गिरी नामको व्यक्तिको खातामा पठाइएको थियो । काठमाण्डौको सिनामंगलमा रहको गौरी शंकर एच आर सोलुसनमा उनि कार्यरत रहेको थियो । म्यानपावरमा बिभिन्न मितिमा पैसाको कुरा गर्दा मैले लिएको छैन जसलाई रकम दिएका छौ उसैलाई खोज भनेर धम्की दिने गरेको छ ।

निर्मल गिरीसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको पीडितहरूले बताएका छन्। यता आरोपित रामानन्द साहसँग सम्पर्क गर्दा भने उनले “मेरो खातामा पैसा आएको छैन, म यसबारे जान्दिनँ” भन्दै प्रतिक्रिया दिएका छन ्।

पीडितहरूले सम्बन्धित निकायसँग छानबिन गरी न्याय दिलाइदिन आग्रह गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्