नवनिर्वाचित सांसदलाई काँग्रेसको प्रशिक्षण, सानेपामा संसदीय अभिमुखीकरण सुरु
काठमाडौं — नेपाली काँग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरूका लागि संसदीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको उक्त कार्यक्रममार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, भूमिका र जिम्मेवारीबारे जानकारी गराइने जनाइएको छ।
काँग्रेसले आफ्ना तर्फबाट निर्वाचित सांसदहरूलाई प्रभावकारी रूपमा संसद्मा भूमिका निर्वाह गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पार्टीका सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा संसदीय अभ्याससँगै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने काँग्रेसले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
