सुनचाँदीको मूल्यमा सामान्य गिरावट

शेयर गर्नुहोस् 0 Shares
काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।
ट्यागहरू: सुनचांदी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्