सिरहा–१ का सांसद बब्लु गुप्ताले चुनावी खर्च सार्वजनिक, आम्दानी विवरण भने सार्वजनिक भएन
सिरहा । सिरहा निर्वाचन क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। उनले उक्त खर्च विवरण सार्वजनिक समेत गरेका छन्।
उनको यो कदमलाई पारदर्शितातर्फ सकारात्मक कदमका रूपमा लिइएको छ। तर निर्वाचन आयोगले उम्मेदवारसँग खर्च मात्र नभई आम्दानीको विवरण पनि माग गरेको भए पनि गुप्ताले हालसम्म उक्त विवरण सार्वजनिक गरेका छैनन्। निर्वाचन कार्यालयमा बुझाएको विषयमा पनि जानकारी दिइएको छैन।
निर्वाचनका बेला गुप्ताले क्यूआर कोडमार्फत चन्दा उठाएको बताएका थिए। त्यसैले खर्चसँगै आम्दानीको विवरण पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
