साउन ०२ गते देखि ०८ गते सम्म को राशिफल

शेयर गर्नुहोस् यो राशिफल Facebook, WhatsApp मा पठाउनुहोस्

मेष

साताको प्रारम्भमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। आफैलाई समय दिदाँ वैचारिक स्पष्टता आउनेछ। अधुरा कामलाई नयाँ ढङ्गले अघि बढाउँदा अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त हुनेछ। कार्य थालनि गर्दा अरुको भर पर्नुभन्दा आफ्नै प्रयासलाई प्राथमिकता दिनु लाभदायी रहनेछ।

वृष

साताको प्रारम्भमा धैर्य र व्यवहारिक सोचले विशेष लाभ दिलाउनेछ। आफ्नो लक्ष्यमा दृढ हुनुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सुरुवात गरेको नयाँ कार्यमा सफलता मिल्नेछ। आफ्नो आत्मविश्वास बढ्दै जानाले मनमा शाान्ति मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। आयआर्जन बढ्नेछ।

मिथुन

साताको प्रारम्भमा जिज्ञासा र सिक्ने इच्छाले समयलाई उपलब्धिमूलक बनाउनेछ। नयाँ विषय बुझ्ने, सीप बढाउने वा विचार आदानप्रदान गर्ने अवसर प्रशस्त रहनेछन्। बोलेको शब्दले राम्रो प्रभाव पार्ने भएकाले संवादमा स्पष्टता कायम राख्नु उपयुक्त हुनेछ।

कर्कट

साताको प्रारम्भमा आफ्ना भावना र जिम्मेवारीबीच सन्तुलन कायम राख्न सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ । घरको वातावरणलाई व्यवस्थित बनाउन तपाईंको भूमिका महत्त्वपूर्ण बन्नेछ। नजिकका व्यक्तिको विश्वास जित्ने अवसर प्राप्त हुनेछ। पहिलाका अनुभवले अहिले सही निर्णय लिन सहयोग गर्नेछन्।

सिंह

तपाईंको व्यक्तित्व र नेतृत्व क्षमताले यो साता विशेष प्रभाव छोड्नेछ। अरूले पन्छिएका जिम्मेवारी तपाईंले सफलतापूर्वक सम्हाल्न सक्ने अवस्था बन्नेछ। आफ्नो निर्णयमा दृढ रहँदा सम्मान र विश्वास दुवै बढ्नेछ। मध्य सातातिर नयाँ लक्ष्य निर्धारण गर्ने प्रेरणा मिल्नेछ।

कन्या

साताको प्रारम्भमा व्यवस्थित योजना र सूक्ष्म विश्लेषणले तपाईंलाई अरूभन्दा एक कदम अगाडि राख्नेछ। अधुरा कागजी काम, हिसाब किताब पूरा गर्ने योग साताभरी रहिरहनेछ। साताको मध्यमा अनुभवभन्दा पनि तयारीले राम्रो परिणाम दिलाउनेछ।

तुला

साताको प्रारम्भमा सम्बन्ध, सहकार्य र सन्तुलनले तपाईंको यात्रालाई सहज बनाउनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। आफ्नो क्षमतामा विश्वास बढ्नेछ। भाग्यले साथ दिने संकेत देखिन्छ। महत्त्वपूर्ण निर्णयमा सफलता मिल्न सक्छ। जिम्मेवारी सफलतापूर्वक पूरा हुनेछ।

वृश्चिक

साताको प्रारम्भमा आत्मसंयम र गोपनीयताले व्यक्तित्व बलियो बनाउनेछ। पारिवारिक सहयोगले मन प्रसन्न रहनेछ। साथीभाइसँगको सम्बन्ध अझै बलियो बन्नेछ। शुभ समाचार सुन्न पाउने योग रहेको छ। मान सम्मानमा वृद्धि हुनेछ। व्यापारमा लाभ हुने योग देखिन्छ।

धनु

साताको प्रारम्भमा लामो समयदेखि मनमा रहेको उद्देश्यलाई स्पष्ट रूप दिन अनुकूल वातावरण बन्नेछ। टाढाको योजना, अध्ययन वा अनुभव सम्बन्धित विषयले विशेष प्राथमिकता पाउनेछन्। साताको मध्यतिर अनुभवी व्यक्तिसँगको भेटघाटले सोच्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

मकर

साताको प्रारम्भमा अनुशासन र निरन्तरताको परीक्षा हुने समय रहनेछ। अरूले नदेखेका साना कामलाई पनि जिम्मेवारीपूर्वक पूरा गर्दा ठूलो उपलब्धिको आधार तयार हुनेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति हुनेछ। साताको मध्यमा पुरानो अनुभवले कठिन निर्णयलाई सहज बनाउन मद्दत गर्नेछ।

कुम्भ

साताको प्रारम्भमा भविष्यलाई लक्षित गरी बनाइएका योजनाले विस्तारै आकार लिन थाल्नेछन्। सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। नयाँ सम्पर्क लाभदायी बन्नेछ। साताको मध्यमा आर्थिक पक्षमा सुधार आउनेछ। व्यापारिक निर्णयबाट लाभ मिल्ने योग छ। आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्।

मीन

साताको प्रारम्भमा कला, साहित्य, संगीत वा आध्यात्मिक विषयमा रुचि अझ गहिरो बन्न सक्छ। समयको सदुपयोगले ठूलो उपलब्धि दिलाउनेछ। आर्थिक उन्नतिको संकेत देखिन्छ। नयाँ काम सुरु गर्न अनुकूल समय रहनेछ। स्वास्थ्य सबल रहनेछ। परिवारबाट प्रेरणा प्राप्त हुनेछ।

अद्यावधिक: २०२६-०७-२१ ०२:५२ (नेपाल समय)

स्रोत: Hamro Patro