लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान

भदौ ३०, २०८३ · सिरहा टाइम्स

शेयर गर्नुहोस् 0 Shares
alt

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल्याएको ‘शान स्टेशन’लाई स्थानीय समुदाय, विद्यालय तथा हाटबजार सम्म विस्तार गर्ने भएको छ। शौचालयको नियमित प्रयोग, सरसफाइ, साबुन–पानीले नियमित हात धुने बानी तथा व्यक्तिगत स्वच्छतासम्बन्धी व्यवहारमा जोड दिँदै ‘शान स्टेशन’लाई अभियानको सिर्जनात्मक कार्यक्रम माध्यमका रूपमा अघि बढाइएको हो।नगरपालिकाले स्वच्छता अभियानका युथ च्याम्पियनहरूको सहभागितामा ‘शान स्टेशन’को पाइलट प्रदर्शन सम्पन्न गरिसकेको छ। पाइलट प्रदर्शनपछि अब नगरका विभिन्न समुदाय र विद्यालयमा यसको विस्तार गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

WhatsApp Image 2026-09-15 at 4.09.17 AM (1)

नगरपालिकाका अनुसार ‘शान स्टेशन’मार्फत समुदाय र विद्यालयमा पुगेर शौचालयको महत्त्व, नियमित प्रयोग र सरसफाइका साथै साबुन–पानीको प्रयोग तथा व्यक्तिगत स्वच्छताका विषयमा जानकारी गराइनेछ। घरमा शौचालय निर्माण भइसकेपछि त्यसको नियमित प्रयोग र सरसफाइलाई पनि स्वच्छताको महत्वपूर्ण पक्षका रूपमा अभियानले जोड दिनेछ। लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले ‘शान स्टेशन’को पाइलट प्रदर्शन सम्पन्न भएको जानकारी दिए। स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउँदै शौचालयको महत्त्व र सरसफाइसम्बन्धी जानकारी समुदायसम्म पुर्याउने उद्देश्यले यसको सुरुवात गरिएको उनले बताए।

WhatsApp Image 2026-09-15 at 4.09.18 AM

“शौचालय निर्माण गरेर मात्र स्वच्छता कायम हुँदैन। त्यसको नियमित प्रयोग, सफाइ र स्वच्छतासम्बन्धी व्यवहार विकास हुनु पनि आवश्यक छ,” चौधरीले भने, “‘घर–घरको शान, स्वच्छता अभियान’मार्फत यही विषयलाई समुदायसम्म पुर्याउन  क्रिएटिभ  तरिकाले  ‘शान स्टेशन’ सञ्चालन गरिएको हो।”

WhatsApp Image 2026-09-15 at 4.09.29 AM (1)

स्वच्छता अभियानलाई समुदायस्तरसम्म पुर्याउन नगरपालिकाले ‘युथ च्याम्पियन’हरूलाई परिचालन गरेको छ। उनीहरूलाई ‘शान स्टेशन’ सञ्चालन तथा स्वच्छतासम्बन्धी विषयमा अभिमुखीकरणसमेत दिइएको नगरपालिकाले जनाएको छ। युथ च्याम्पियनहरूको सहभागितामा गरिएको पाइलट प्रदर्शनमा ‘शान स्टेशन’लाई सहभागीलाई जानकारी दिने र स्वच्छतासम्बन्धी विषयमा प्रत्यक्ष अन्तरक्रिया गर्ने माध्यमका रूपमा प्रयोग गरिएको थियो।

WhatsApp Image 2026-09-15 at 4.09.28 AM

बाहिरबाट हेर्दा आकर्षक टेन्टजस्तो देखिने ‘शान स्टेशन’को बाहिरी माथिल्लो भागमा हरियो पोस्टरमा सेतो अक्षरमा ‘शान स्टेशन’ लेखिएको हुन्छ। भित्र ‘घर–घरको शान, स्वच्छता अभियान’को लोगो, अभियानका सामाजिक सञ्जालसँग जोडिने क्यूआर कोड तथा हरियो र पहेँलो रङको ह्विल गेम राखिएको छ।स्टेशनमा पुग्ने सहभागीलाई युथ च्याम्पियनहरूले क्यूआर कोडमार्फत अभियानको फेसबुक तथा टिकटक पेजमा जोडिन आग्रह गर्छन्। त्यसपछि सहभागीलाई ह्विल गेममा सहभागी गराइन्छ। खेलमा साबुन, सेनिटाइजर, टूथपेस्टलगायत दैनिक प्रयोगमा आउने स्वच्छतासम्बन्धी सामग्री पुरस्कारका रूपमा राखिएको छ।

WhatsApp Image 2026-09-15 at 4.09.30 AM

खेलसँगै युथ च्याम्पियनहरूले शौचालयको नियमित प्रयोग, शौचालय सफा राख्ने तरिका, साबुन–पानीले हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छताका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नेछन्। सहभागीको अनुमति लिएर कार्यक्रमका क्रममा फोटो तथा भिडियोसमेत खिचिने व्यवस्था गरिएको छ।लहान नगरपालिकाले अब ‘शान स्टेशन’लाई स्थानीय समुदाय, विद्यालय तथा हाटबजार सम्म पुर्याउने तयारी गरेको छ। विद्यालयमा विद्यार्थीलाई शौचालयको उचित प्रयोग, शौचालय सफा राख्ने बानी, साबुन–पानीले हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छताका विषयमा जानकारी दिइनेछ।

WhatsApp Image 2026-09-15 at 4.09.28 AM (1)

 

समुदायमा भने शौचालय निर्माण नभएका घरलाई शौचालय निर्माणका लागि प्रोत्साहित गर्ने तथा निर्माण भइसकेका शौचालयको नियमित प्रयोग र सरसफाइमा जोड दिने योजना रहेको नगरपालिकाले जनाएको छ। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरपालिकाले यसअघि पनि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, सडक नाटक तथा समुदायस्तरीय गतिविधि सञ्चालन गर्दै आएको छ। खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई अघि बढाउँदै सरसफाइसम्बन्धी व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन भइरहेको अभियानमा ‘शान स्टेशन’लाई थप सिर्जनात्मक कार्यक्रमका रूपमा अघि बढाइएको हो। नगरपालिकाको योजनाअनुसार ‘शान स्टेशन’मार्फत शौचालय निर्माणदेखि शौचालयको नियमित प्रयोग, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्मका विषयलाई समुदाय र विद्यालयसम्म पुर्याइनेछ।

.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }

प्रतिक्रिया दिनुहोस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्