असार २०८३ को राशिफल

शेयर गर्नुहोस् यो राशिफल Facebook, WhatsApp मा पठाउनुहोस्

मेष

मेष राशि हुनेहरूका लागि असार महिना सक्रियता र उपलब्धिले भरिएको रहने संकेत देखिएको छ। लामो समयदेखि रोकिएका योजना कार्यान्वयनतर्फ अघि बढ्नेछन् भने आफ्ना विचार र क्षमताको उचित परिचय दिन सकिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृष

वृष राशि हुनेहरूका लागि असार महिनामा धन, वाणी तथा पारिवारिक विषयमा विशेष ध्यान केन्द्रित हुन सक्छ। आम्दानीका नयाँ सम्भावनाहरू देखा पर्नेछन्। केही पुराना प्रयासहरूको परिणाम प्राप्त हुने समय पनि रहेको छ। व्यवसायिक क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।

मिथुन

मिथुन राशि हुनेहरूका लागि असार महिनामा आत्मविश्वासमा वृद्धी र नेतृत्व क्षमता प्रबल हुनेछ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सकिनेछ। महत्त्वपूर्ण निर्णयहरूमा सफलता प्राप्त हुने सम्भावना देखिएको छ। कार्यक्षेत्रमा आफ्नो योग्यता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट

कर्कट राशि हुनेहरूका लागि असार महिना आत्मविश्लेषण, योजना निर्माण तथा आन्तरिक तयारीको समय रहने देखिएको छ। केही कार्यहरू पर्दा पछाडि बसेर सम्पन्न गर्नुपर्ने अवस्था आउन सक्छ। वैदेशिक सम्बन्ध, अनुसन्धान तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्ने संकेत देखिएको छ। खर्चका विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

सिंह

सिंह राशि हुनेहरूका लागि असार महिनामा आयआर्जनका विविध अवसरहरू प्राप्त हुन सक्छन्। लामो समयदेखि प्रतीक्षामा रहेका योजनाहरूले गति लिनेछन्। व्यवसाय तथा पेशासँग सम्बन्धित क्षेत्रमा नयाँ सम्पर्कहरू स्थापित हुनेछन् र ती सम्पर्कहरू भविष्यका लागि उपयोगी सिद्ध हुन सक्छन्।

कन्या

कन्या राशि हुनेहरूका लागि असार महिनामा सफलता मिल्नेछ। पेशागत जीवन केन्द्रबिन्दुमा रहनेछ। आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्न सक्छ। जागिर तथा व्यवसायमा प्रभाव विस्तार हुने सम्भावना देखिएको छ।

तुला

तुला राशि हुनेहरूका लागि असार महिना अवसर, विस्तार तथा नयाँ अनुभवले भरिएको रहनेछ। भाग्य सबल रहनेछ। धार्मिक, शैक्षिक तथा बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा नयाँ स्थानसँग सम्बन्धित योजना बन्न सक्छ। आफ्नो अनुभव र ज्ञानको उपयोग गरेर महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।

वृश्चिक

वृश्चिक राशि हुनेहरूका लागि असार महिना परिवर्तन, गहिरो सोच तथा महत्वपूर्ण निर्णयहरूको समय रहनेछ। केही विषयमा सावधानीपूर्वक अघि बढ्नुपर्ने अवस्था आउन सक्छ। पुराना कामको समीक्षा गर्ने अवसर प्राप्त हुनेछ। गोप्य योजना वा दीर्घकालीन रणनीतिमा केन्द्रित हुनुपर्ने देखिन्छ।

धनु

धनु राशि हुनेहरूका लागि असार महिना सम्बन्ध, सहकार्य तथा व्यवहारिक उपलब्धिको दृष्टिले महत्त्वपूर्ण रहने देखिएको छ। कार्यक्षेत्रमा अरूको सुझावलाई सम्मान गर्दै अघि बढ्न सके उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ। प्रतिस्पर्धात्मक वातावरणमा पनि आफ्नो स्थान सुरक्षित राख्न सफल भइनेछ।

मकर

मकर राशि हुनेहरूका लागि कार्यक्षेत्रमा व्यस्तता बढ्न सक्छ। अधुरा रहेका जिम्मेवारीहरू पूरा गर्ने अवसर प्राप्त हुनेछ। अनुशासन र योजनाबद्ध प्रयासका कारण उल्लेखनीय प्रगति हासिल गर्न सकिनेछ। पेशागत क्षेत्रमा चुनौतीहरू देखा परे पनि तिनलाई सफलतापूर्वक सामना गर्न सकिने संकेत देखिएको छ।

कुम्भ

कुम्भ राशि हुनेहरूका लागि असार महिनामा आफ्नो क्षमता र मौलिक सोचलाई अभिव्यक्त गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि विशेष उपलब्धिको समय रहन सक्छ। कार्यक्षेत्रमा नयाँ अवधारणाले प्रशंसा प्राप्त गर्ने सम्भावना देखिएको छ।

मीन

मीन राशि हुनेहरूका लागि असार महिनामा पारिवारिक जिम्मेवारीप्रति ध्यान बढ्नेछ। घर, जग्गा, वाहन वा भौतिक सुविधासँग सम्बन्धित योजना बन्न सक्ने सम्भावना देखिएको छ। कार्यक्षेत्रमा धैर्यपूर्वक अघि बढ्न सके अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ।

अद्यावधिक: २०२६-०७-१५ १८:२८ (नेपाल समय)

स्रोत: Hamro Patro