रास्वपा सत्ताको बागडोर सम्हाल्दै गर्दा आर्थिक सूचक यस्तो
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ताको नेतृत्व सम्हाल्ने तयारी भइरहँदा देशको आर्थिक अवस्था मिश्रित देखिएको छ।
हालका प्रमुख आर्थिक सूचकअनुसार मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित रहेको छ भने व्यापार घाटा १५५ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, खुद सेवा आय ५० खर्ब घाटामा रहेको देखिन्छ।
विदेशबाट आउने विप्रेषण आप्रवाह भने १२६९ अर्ब पुगेको छ, जसले अर्थतन्त्रलाई केही सहारा दिएको छ। चालु खाता ४१३ अर्ब बचतमा रहेको छ भने शोधनान्तर स्थिति ५७२ अर्ब बचतमा देखिएको छ।
विदेशी विनिमय सञ्चिति ३३०२ अर्ब पुगेको छ, जुन आयात धान्न पर्याप्त मानिएको छ। सरकारी खर्च ८०९ अर्ब रहेको छ भने राजस्व परिचालन ६६५ अर्ब मात्र संकलन भएको छ।
त्यसैगरी, नगद मौज्दात ३७३ अर्ब, निक्षेप ६१९७ अर्ब र कर्जा ५७२९ अर्ब पुगेको तथ्यांकले देखाएको छ।
समग्रमा हेर्दा केही सूचक सकारात्मक देखिए पनि व्यापार घाटा र राजस्व–खर्च असन्तुलनले अर्थतन्त्रमा चुनौती कायम रहेको विश्लेषण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
