सिरहा, लहान — लहान नगरपालिका–१ निवासी २५ वर्षीया मिना सदायको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि हाल धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
केही दिनअघि आफ्नै घरअगाडि सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा उनी बेहोस भएकी थिइन्। दुर्घटनामा उनको टाउको र कानमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन्। अवस्था जटिल बनेपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ।
घटनापछि लहान नगरपालिकाले उनलाई तत्कालै आफ्नो एम्बुलेन्समार्फत धरान पठाएर उपचारको व्यवस्था मिलाएको थियो। अहिले उनको उपचार जारी रहे पनि आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च व्यवस्थापनमा समस्या भइरहेको परिवारले जनाएको छ।
मिना सदायको उपचारका लागि आवश्यक खर्च जुटाउन सबैसँग सहयोगको अपिल गरिएको छ। परिवारले सहयोगी मनहरूलाई आर्थिक सहयोग प्रदान गरी जीवन रक्षामा साथ दिन अनुरोध गरेका छन्।
लहानमा सवारी दुर्घटनामा घाइते महिलाको धरानमा उपचार जारी, सहयोगको अपिल