गणेश पूजा मेलामा मटकीफोरको रोमाञ्चक प्रतिस्पर्धा, कचनारी टिम बन्यो विजेता

भदौ ३१, २०८३ · रहमुल

शेयर गर्नुहोस् 0 Shares
alt

रहमुल, सिरहा, ३१ भदौ । सिरहाको औरही गाउँपालिका–३ करहरवामा गणेश पूजा मेलाको अवसरमा आयोजित मटकीफोर प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा स्थानीय क्षेत्रका पाँच वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी टिमहरूबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा कचनारी टिमले निर्धारित मटकी ४ बजेर ४८ मिनेटमा फोर्न सफल हुँदै प्रथम स्थान हासिल गरेको हो। कचनारी टिमका तर्फबाट युवा जित यादवले मटकी फोरेका थिए।

मटकी फोर्न सफल जित यादवलाई प्रोत्साहनस्वरूप स्थानीय अरुण यादवले एक तोला चाँदी तथा सर्ट–पाइन्टको कपडा प्रदान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको कचनारी टिमलाई रु. २१ हजार १५५ नगद पुरस्कार समेत प्रदान गरिएको छ। विजेता टिमलाई उक्त नगद पुरस्कार औरही गाउँपालिका–३ निवासी तथा बरियारपट्टी चौकमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका डा. आशाराम यादवले प्रदान गरेका हुन्। गणेश पूजा मेलाको मुख्य आकर्षणमध्ये एक बनेको मटकीफोर प्रतियोगिता हेर्न करहरवा तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा स्थानीय बासिन्दा उपस्थित भएका थिए।

युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप रोचक बनेको आयोजक पक्षले जनाएको छ। मटकीफोर प्रतियोगिता का क्रममा सहभागी युवाहरूले समूहगत रूपमा प्रतिस्पर्धा गर्दै मटकी फोर्ने प्रयास गरेका थिए। लामो प्रयासपछि कचनारी टिमका जित यादव मटकी फोर्न सफल भएपछि कार्यक्रम स्थलमा उपस्थित दर्शकहरूले उत्साहका साथ स्वागत गरेका थिए। गणेश पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मनोरञ्जनको वातावरणसमेत सिर्जना गरेको स्थानीयको भनाइ छ। यस्ता स्थानीयस्तरका कार्यक्रमले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बलियो बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ।

स्थानीय कला, संस्कृति र परम्परासँग जोडिएका प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन सके नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न सकिने स्थानीयको भनाइ छ। प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कचनारी टिमलाई करहरवासीले बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन्। साथै प्रतियोगितामा सहभागी सबै पाँच टिम, आयोजक, पुरस्कारदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।

.singleRelatedNews a { font: 400 20px/32px 'Mukta', sans-serif; color: #00ba96; }

प्रतिक्रिया दिनुहोस

ट्यागहरू: siraha_id:8610 रहमुल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्