LIVE
LIVE

निर्वाचन अघिको अन्तिम कारोबार दिन उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

निर्वाचन अघिको अन्तिम कारोबार दिन उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

शेयर गर्नुहोस् 0 Shares
LIVE

हालका अद्यावधिकहरू / Latest updates

  • 3333
  • 2322222124212

TL;DR · छोटो सार

  • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा पुग्यो।
  • कारोबार रकम पनि बढेर ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँ नाघ्यो।
  • सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
  • पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब १० प्रतिशत बढ्यो।
  • आँखु खोला जलविद्युत कम्पनी ३४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो।
  • १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढ्यो, जसमध्ये जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले बढ्यो।
  • व्यापार उपसमूहको परिसूचक भने सामान्य घट्यो।

Powered by Google Gemini

प्रतिनिधि सभा निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।मंगलबार नेप्से परिसूचक ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंक बढेको छ।
प्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार ५ अर्ब ६४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
 

सालपा विकास बैंकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी हाइड्रोपावरको साढे २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्


अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।