अनलाइनखबर ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक
TL;DR · छोटो सार
- अनलाइनखबरले ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ।
- यो सूची सामान्यतया अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा सार्वजनिक हुने गरे पनि यस वर्ष आम निर्वाचनका कारण ढिलो भयो।
- सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका ५० जना संघर्षशील तथा कर्मशील महिलाहरू समावेश छन्।
Powered by Google Gemini
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले जानकारी दिए ।
यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?