खुद नाफामा नबिल बैंक नै अगाडि, ग्लोबल र कुमारी पछि पछि, फागुनसम्म कुन बैंकले कति कमाए?

शेयर गर्नुहोस् 0 Shares

चालु आवको फागुनसम्म २० वटा वाणिज्य बैंकले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतको सामान्य वृद्धि हो। अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । यो तथ्यांकले चालु आवमा बैंकिङ क्षेत्रले खासै फड्को मार्न सकेको देखिएको छैन् ।

नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ। नबिलले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नम्बर एक बैंकको रूपमा उभ्याएको छ। गत वर्ष ४ अर्ब ७८ करोड नाफा कमाएको यस बैंकले यसपालि २६.८७ प्रतिशतको आकर्षक वृद्धि हासिल गरेको छ। नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा २.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्


अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।