'जाँचबुझ आयोगको प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर'
'जाँचबुझ आयोगको प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर'
जेनजी अलायन्स फर मोनार्की’ ले जेनजी घटना जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको छ ।
अलायन्सले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको हो । प्रतिवेदन सरकारको हातमा पुगिसकेकाले अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?